Incident Reports

बालक छोराको हत्याका आरोपित गिरफ्तार l

2014-07-29

Madhes, Saptari, Chhinnamasta

सप्तरी । ०७१ साउन १४ गते कोचावखारी गाविस-९ कुपहीका ८ वर्षीय गोबिन्द खंगको हत्या गरी फरार रहेका उनका बुवा ३५ वर्षीय श्रवण खंग खत्वेलाई प्रहरीले बिसहरिया गाविस-२ स्थित सिग्यौन दमावतीबाट साउन १३ गते गिरफ्तार गरेको छ । गिरफ्तार आरोपितलाई जिल्ला अदालतबाट साउन १४ गते म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको डिएसपी केदार ढकालले जानकारी दिए । आरोपितले साउन ८ गते छोराको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपछि फरार रहेका थिए । हत्यामा प्रयोग भएको बञ्चरोसहित बालकको शव बरही बिरपुर गाविस-१ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रुखनजिक साउन ९ गते फेला परेको थियो । लाशको राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा साउन १० गते पोस्टमार्टम भएको थियो । मृतकका मामाली हजुरबुवा दिघवा गाविस-७ का सीताराम खंग खत्वेको उजुरीका आधारमा आरोपितविरुद्ध साउन ११ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । मनोहर कुमार पोखरेल

0 Comments