Incident Reports

दैलेखमा शिक्षकको विभत्स हत्या :: Setopati

2021-09-13

दैलेखमा विभत्स अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ। गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक नगेन्द्र विसीको शव भेटिएको हो। मंगलबार बिहान सोही विद्यालयमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेको थिए। जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ईन्द्रजीत सुनारको नेतृत्वमा टोली घटनास्थल पुगेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए। उनको गएराति कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धान सुरू भएको डिएसपी श्रेष्ठले बताए। प्रहरीले शंका गरिएको दुई जना स्थानीयलाई पनि पक्राउ गरेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports