Incident Reports

​​​​​​​सिन्धुलीमा एक वृद्धको हत्या आरोपमा दुई पक्राउ :: Setopati

2021-09-15

Bagmati, Sindhuli, Kamalamai, Ward 6

सिन्धुलीमा एक जनाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान करिब साढे ६ बजे कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कस्थित प्रतीक्षालयमा ८३ वर्षीय लालबहादुर लामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।

मृत फेला परेको भन्ने खबरपछि कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो।

मृतक लालबहादुर लामाको टाउकोमा चोट लागेको प्रहरीले बताए।

हत्या गरेको आरोपमा प्रहरीले माडीबजारमा मागी हिँड्ने ३५ वर्षीय भारतीय नागरिक अशोककुमार जैसवाल र १८ वर्षीय कृष्ण भन्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए। हत्या गरेको भन्दै मृतक लामाका भाइ रामबहादुरले उनीहरूविरूद्ध जाहेरी दिएका छन्।

जिल्ला अदालत सिन्धुलीबाट प्रहरीले हिरासतमा राख्न अनुमति लिई थप अनुसन्धान अघि बढाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports