Incident Reports

बोक्सी भन्दै छिमेकीलाई कुटपिट गर्ने पक्राउ

2021-09-15

Madhes, Siraha, Siraha, Ward 12

बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ।

स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सूचनाका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।

ती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments