Incident Reports

मानव बेचविखनका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-07-30

Gandaki, Kaski, Pokhara Lekhnath

कास्की । ०७१ साउन १४ गते, १७ वर्षीया एक बालिका र तीन महिलालाई मानवबेचविखनका गरेको आरोपमा पाल्पा जिल्ला देउराली गाविस घर भई पोखरा उमनपा-८ सिमलचौर बस्ने ४२ वर्षीय रमेश न्यौपानेलाई जिल्ला अदालतको आदेशमा साउन १४ गते पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालतका न्यायाधीश रामप्रसाद ओलीको इजालासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालयले जनायो । होमटाउन रेष्टुरेण्टका सञ्चालक आरोपित न्यापानेले रेष्टुरेण्टमा कार्यरत १७ वर्षीया बालिका, २२ वर्षीया दुई महिला र २६ वर्षीया एक महिलालाई बन्धक बनाई ग्राहकसँग जबरजस्ती यौन कार्य गर्न लगाई आर्थिक लाभ लिएको भन्दै पीडितहरूले असार १६ गते पीडकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनामा संलग्न आरोपित न्यौपानेलाई प्रहरीले असार १६ गते नै गिरफ्तार गरी मानव बेचविखन तथा ओसार-पसार मुद्दामा अनुसन्धान जारी राखेकोमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जनायो । सनबहादुर थापा

0 Comments