Incident Reports

वडा सदस्य कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी  – इन्सेक

2021-09-16

Madhes, Dhanusha, Dhanauji, Ward 3

धनौजी गाउँपालिका–३ का वडा सदस्य रहेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता ५० वर्षीय रामकुमार महतोलाई भदौ ३१ गते जनकपुरमा नेकपा एकीकृत समाजवादी पार्टी क्षेत्र नं. ३ द्वारा आयोजित क्षेत्रीय पार्टी भेलामा आउँदै गर्दा झोझीकटैयामा घेरा हालेर सोही गाउँपालिकाका-३ का वडा अध्यक्ष रामदुलार मण्डललका भतिजा २७ वर्षीय प्रदिप मण्डल र वडाका कार्यालय सहयोगी ३० वर्षीय रामपुजन मुखियाले कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते उजुरी गर्नुभएको छ ।

राजनीतिक प्रतिशोध राखी योजनाबद्ध ढङ्गले वडाध्यक्ष मण्डलले नेकपा एकिकृत समाजवादीको क्षेत्रीय भेलामा सहभागी हुन आउने क्रममा लछारपछार गरी कुटपिट गरेको पीडितको आरोप छ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य श्रीप्रसाद साहले राजनीतिक प्रतिशोध राखेर क्षेत्रीय भेलामा आउँदै गर्दा आफ्नो पार्टीका कार्यकतालाई वडाध्यक्षको निर्देशनमा कुटपिट गरेको भन्दै दोषीउपर कडा कारवाही गर्न स्थानीय प्रशानसँग माग गर्नुभएको छ । वडा नं. ३ झोझी कटैयाका कृषकका लागि ल्याइएका विभिन्न तरकारीको बीउ, विजन खरिद, गरिव तथा विपन्न परिवारका लागि कम्बल वितरण, निःशुल्क आँखा उपचार, दुर्गा मन्दिर निर्माणलगायतका वडामा आएको विकास रकममा चलखेल गरी भ्रष्टाचार गरेको भन्दै वडा सदस्य महतोले वडा कार्यालयमा तालावन्दी गर्नुभएको छ । वडाध्यक्षको कार्यशैलीको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गरेकाले राजनीतिक प्रतिशोध राखी वडाध्यक्ष रामदुलार मण्डलका भजित र कार्यालय सहयोगीले कुटपिट गरेको पीडितको आरोप छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले घटनाबारे प्रहरीमा उजुरी आएकाले अनुसन्धान थालिएको बताउनु भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports