Incident Reports

जेष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-09-15

Bagmati, Sindhuli, Kamalamai, Ward 6

कमलामाई नगरपालिका–२ भद्रकालीका ८३ वर्षीय लालबहादुर लामाको हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश घर भई हाल कमलामाई नगरपालिका–६ माडिबजारमा मागी हिड्ने ३५ वर्षीय अशोककुमार जैसवाल र १८ वर्षीय कृष्ण जैसवाललाई प्रहरीले ०७८ भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित लालबहादुरको शव भदौ ३० गते बिहान कमलामाई नगरपालिका–६ बसपार्क छेउको प्रतिक्षालयमा फेला परेको थियो । पीडितका भाइ रामबहादुर लामाले सोही दाजुको हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । सडकमै मागेर दैनिकी चलाउँदै आएका मृतक लालबहादुरको टाउकोमा चोट रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आरोपित दुवै जनालाई जिल्ला अदालतमा सोही दिन नै पेस गरी पाँच दिनको म्याद थप गरी अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पताल सिन्धुलीमा भदौ ३० गते नै गरिएको र सोही दिन शव आफन्तले बुजेर दाहसत्कार गरेको डिएसपी लामाले जानकारी दिनु भयो । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments