Incident Reports

प्रहरी कार्यालय नजिकै सकेट बम l

2014-07-31

Lumbini, Gulmi, Gulmidarbar

गुल्मी - जिल्ला प्रहरी कार्यालय नजिकै कृषि विकास कार्यालयकोपछाडि ठूलो सकेट बम फेला परेको छ। रेसुंगा नगरपालिका–९ का गोकर्ण भुजेलको बारीमा बिहीबार बिहान उक्त बम फेला परेको प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए। तत्कालीन युद्धकालमा नेपाल प्रहरीले नै राखेको सकेट बम अहिले फेला परेको उनको भनाई छ। 'हाम्रै पुलिसले राखेको बम हो, खै किन ननिकालेको रैछ', उनले भने 'डिस्पोजका लागि नेपाली सेनाको टोली आउँदै छ।' भुजेलले बारी खन्ने बेलामा तार बम फेला परेपछि प्रहरीलाई खबर गरेका हुन्। तत्कालीन समयमा तार भेटिएपछि उनले प्रहरीलाई पनि खबर गरेको बताए। तर उक्त समयमा प्रहरीले बम ननिकालेकोले फेरी भेटिएको उनको भनाई छ।

0 Comments

Related Reports
Related Trend Analysis