Incident Reports

दलितलाई छुवाछुत गरेको आरोपमा दलित गिरफ्तार l

2014-07-30

Madhes, Siraha, Golbazar

दलितलाई छुवाछुत गरेको आरोपमा मुक्सार गाविस-५ का ४५ वर्षीय दलित बेचन रामलाई इलाका प्रहरी कार्यालय गोलबजारले साउन १४ गते गिरफ्तार गरेको छ । सोही गाविसका डुम समुदायका महिलाहरू २५ वर्षीया फुलो देवी मल्लिक, २६ वर्षीया बिन्दा मल्लिक, २५ वर्षीया आशा मल्लिक, २७ वर्षीया जहरी मल्लिक साउन १३ गते गाँउमा रहेको सरकारी कलमा पानी भर्न जाँदा उनीहरूलाई सोही ठाँउका बेचन चमार र किसन चमारले डुमहरू भएर कल छुने भन्दै गालिगलौज तथा कुटपिट गरी भाँडाहरू फ्याली दिएको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा साउन १४ गते पीडित जहरी मल्लिकले उजुरी दिएकी छन् । इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर बिमल पराजुलीका अनुसार आरोपितमध्ये एक जना फरार रहेकोले खोजतलास भइरहेको र एक जनालाई गिरफ्तार गरिएको छ । घटना अनुसन्धान गरी आरोपितहरूविरुद्ध कानुनी प्रकृया अगाडि बढाउने उनले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis