Incident Reports

आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै राजधानीमा प्रदर्शन (तस्बिरहरु) | Ratopati

2021-09-21

Bagmati, Kathmandu, Kathmandu, Ward 11

आणविक हतियार निषेध सन्धिलाई नेपालले अनुमोदन नगरेकोमा शान्तिवादीहरुले रोष व्यक्त गरेका छन् । २० सेप्टेम्बर २०१७ मै नेपालले सन्धिमा हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन हुन नसकेको हो । अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सन्धि अनुमोदनको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको बताएका थिए । प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल,  रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, केन्द्रीय सचिवद्वय नम्रता खरेल र रामप्रसाद जोशी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणि बञ्जारा, किरण ढकाल, दुर्गा राना, उमा गौतम, पूर्व सचिव बलबहादुर गाहा मगरसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments