Incident Reports

घुस लिंदालिंदै आयोजना प्रमुखसहित ५ पक्राउ l

2014-07-31

Bagmati, Kathmandu, Kathmandu

काठमाडौ, श्रावण १५ - अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सहरी भवन निर्माण तथा सम्भार डिभिजन कार्यालय अनामनगरबाट घुस लिंदालिंदै आयोजना प्रमुखसहित ५ जनालाई पक्राउ गरेको छ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिंदै गर्दा विशेष भौतिक पूर्वाधार विकास आयोजना प्रमुख उमलानन्द अधिकारी, ईन्जिनियर दीपा श्रेष्ठ पक्राउ परेका हुन् । त्यस्तै सहरी भवन बिभाग अन्तर्गतको काठमाडौं शाखाका उपसचिव सुरेशकृष्ण शर्मा, लेखा अधिकृत यदबहादुर तिमल्सिना र शाखा अधिकृत रोशनकुमार कठायतसमेत पक्राउ परेका छन् । उनीहरुलाई अनुसन्धानको लागि अख्तियारको हिरासतमा राखिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis