Incident Reports

बलत्कार आरोपित जेल चलान l

2014-07-31

Province 1, Jhapa, Birtamod

Arjun Basnet झापा । ०७१ साउन १५ गते १२ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपमा गरामनी गाविस-५ का २८ वर्षीय राम अधिकारी जिल्ला अदालत झापाको आदेशमा ०७१ साउन १५ गते जिल्ला कारागार झापा चलान भएका छन् । आरोपितविरुर्द्ध इलाका प्रहरी कार्यालय बिर्तामोडले ०७१ असार २४ गते म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो । उनले ०७१ असार २३ गते दिउँसो ३ बजे आफ्नो छोरीसँग पढ्न आएकी ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको जाहेरी परेकोमा उक्त जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सञ्जय बहादुर राउतले बताए । आज जिल्ला अदालत झापामा भएको थुनछेकको आदेश अनुसार आरोपित पुर्पक्षको लागि कारागारमा थुनामा गएका हुन् । आरोपितलाई जाहेरी पर्नासाथ ०७१ असार २३ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिकाको ०७१ असार २४ गते नै मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको राउतले बताए । अर्जुन बस्नेत

0 Comments