Incident Reports

बैतडीमा मासु पसले मृत फेला – देशसञ्चार

2021-09-23

Sudurpashchim, Baitadi, Surnaya, Ward 4

धनगढी – बैतडीमा एक व्यापारी मृत फेला परेक छन्। बैतडीको सुर्नया गाउँपालिकाको सन्सेरीमाडौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्। उनको शव बिहीबार बिहान स्थानीयले देखेका थिए। स्थानीयले प्रहरीलाई खबर गरेपश्चात इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको हो। मृतक महराको टाउकोमा गम्भीर चोट रहेको घटनास्थल पुगेको प्रहरीले जानकारी दिएका छन्। टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ। मृतकको टाउकोसँगै छाती र शरीरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सूक्ष्म ढंगबाट छानबिन गरिनुपर्ने स्थानीयले माग गरेका छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports