Incident Reports

अन्तरजातिय विवाह गर्नेलाई सार्वजनिक मुद्दा l

2014-07-27

Province 1, Morang, Biratnagar

Sukdev Chaudhary मोरङ । ०७१ साउन १५ गते, विराटनगर उमनपा-१५ का २२ वर्षीय अभिषेक आचार्यले अन्तरजातिय विवाह गरेपछि घरपरिवारले प्रहरीमा उजुरी दिएर उनीविरुद्ध सार्वजनिक मुद्दा लगाएको छ । गत साउन ११ गते आफ्नो शैक्षिक प्रमाण पत्र तथा नागरिकता लिन घर आएको बेला उनका आमा ४२ वर्षीया मीना आचार्यले दलितको छोरी ल्याएको भन्दै विभिन्न आरोप लगाई प्रहरीमा उजुरी दिएको थिए । प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितलाई सोही दिन प्रहरीले गिरफतार गरी सार्वजनिक मुद्दा चलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । गत फागुन २९ गते झापा जिल्लाको बुधबारे गाविस ७ की २२ वर्षीया सपना बिकसँग साथीहरूको सहयोगमा कालीस्थान मन्दिरमा प्रेम विवाह गरेको अभिषेकले बताए । आफूले विवाह गरी सकेपछि घर बाहिरै बस्ने गरेको तथा आफ्नो कागजात लिन आएको बेला आमाले कुटपिट गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis