Incident Reports

छिमेकीको छुरा प्रहारबाट युवाको मृत्यु | Nagarik News - Nepal Republic Media

2021-09-24

Province 1, Sunsari, Itahari, Ward 3

सामान्य घरायसी झगडामा छिमेकीको छुरा प्रहारबाट इटहरी वडा नं. ३ सुनौलो वस्तीमा शुक्रबार साँझ एक जना युवाको मृत्यु भएको छ। छुरा प्रहारबाट इटहरी वडा नं. ३ का २२ वर्षे राजु थापाको मृत्यु भएको हो।

थपा र छिमेकी ५८ वर्षे देवीप्रसाद अधिकारीबीच सामान्य घरायसी विषयमा झगडा भएको थियो। अरु बेला पनि दुई जनाबीच झगडा भइरहने गर्थ्याे। ‘दुई पक्षीय झगडा भएको सूचना पाएर प्रहरी गाउँमै दिउँसो गएर आइतबार दुवै पक्षलाई राखेर मिलापत्र गराउने सहमति गराएर फर्किएपछि फेरि झगडा गरेछन्,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले भने, ‘धारिलो हतियार प्रहार गर्दा राजु सिकिस्त घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको हो।’

प्रहरी गाउँ पुगेर फर्केपछि ४.१५ मा देवीप्रसादले राजुलाई छुरा प्रहार गरेका थिए।राजुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।छुरा प्रहार गर्ने देवीप्रसादलाई प्रहरले नियन्त्रणमा लिइ सकेको डिएसपी केसीले बताए। उनलाई अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports