Incident Reports

बालिका बलात्कार गरेको आरोपमा मुद्दा दर्ता l

2014-07-30

Province 1, Jhapa, Bhadrapur

Arjun Basnet झापा । ०७१ साउन १५ गते एक सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा साउन १४ गते भद्रपुर नपा-८ का ४३ वर्षीय अनोरञ्जन घोसलाई प्रहरीले गिरफ्तार मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरिएको छ । गत साउन १२ गते दिउँसो २ बजे घरमा कोही नभएको समयमा आफ्नै नाबालिका भतिजीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सई दिनेश अधिकारीले बताए । आरोपितकै घरमा बलात्कारपछि बालिकाले साँझ अभिभावकलाई घटनाको विषयमा जानकारी गराएकी थिइन् । बालिकाको अभिभावकले घटनाको बारेमा प्रहरीमा खबर गरेका थिए । घट्नाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको सई अधिकारीले जानकारी दिए । बालिकाको साउन १३ गते मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य जाँच भएको थियो । अदालतले पहिलो पटकको लागि ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाए । अर्जुन बस्नेत

0 Comments