Incident Reports

मानव बेचविखनका आरोपित सात जना पुर्पक्षका लागि थुनामा l

2014-07-31

Province 1, Sunsari, Itahari

सुनसरी । ०७१ साउन १५ गते इटहरी नपा र हासँपोसा गाविसका ७ वटा होटल सञ्चालकलाई साउन १४ गते जिल्ला अदालत सुनसरीले मानव बेचविखन गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाएको छ । इटहरी नपा- १ की ४६ वर्षीया राधा तामाङ, हासँपोसा गाविस- ८ की ४५ वर्षीया राधा आचार्य, इटहरी नपा- ५ की ३५ वर्षीया सपना शाक्य श्रेष्ठ, हासपोसा गाविस- ८ की ३८ वर्षीया ज्ञानुमाया राई, सोही ठाउँकी ४२ वर्षीया रुपा तामाङ, इटहरी नपा-५ की ३४ वर्षीया सरु भनिने सावित्री भण्डारी र इटहरी नपा- ६ का ३२ वर्षीय मनोज चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएका हुन् । अतिरिक्त जिल्ला न्यायाधीश शारदाप्रसाद कोइरालाको आदेशमा उनीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत सुनसरीका श्रेष्तेदार विष्णुकुमार गिरीले जानकारी दिए । महिलाहरूलाई जिल्ला कारागार मोरङ विराटनगर पठाइएको छ भने मनोज चौधरीलाई क्षेत्रीय कारागार झुम्कामा पठाइएको छ । दुई युवतीको उजुरीका आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असार १६ गते पक्राउ गरी असार १७ गते अदालतमा मुद्दा दर्ता गराएको थियो । आरोपितहरूले आफुलाई बेचविखन गरी जबर्जस्ती यौन कार्यमा सङ्लग्न गराएको भन्दै पीडितहरूले जाहेरी दिएका थिए । पुर्पक्षका लागि थुनामा पठाइएका सातै जना इटहरीका होटल व्यवसायी हुन् ।

0 Comments