Incident Reports

खान बस्न नदिएको आरोपमा पतिविरुद्ध उजुरी l

2014-07-31

Madhes, Siraha, Lahan

खान बस्न नदिएको आरोपमा लहान नगरपालिका-५ कि ३० वर्षीया आबदा खातुनले उनका पति ३५ वर्षीय मोहमद अलि हुसनविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा साउन १५ गते उजुरी दिएकी छिन् । पीडित खातुनका अनुसार पति हसनले आफुलाई घरमा बस्न नदिने ,कुटपिट गर्ने तथा खान लाउन नदिएको बताइन् । पटक पटक समाजमा बसी छलफल गरे पनि सासु मकिना खातुन तथा परिवारका अन्य सदस्यहरूले मानसिक तथा शारीरिक यातना दिने गरेको उनले बताइन् । साउन १४ गते समाजिक छलफल अनुसार घरमा बस्न जाँदा पति लगायत घरका अन्य सदस्यहरूले घरमा बस्न नदिएर कुटपिट गरी घरबाट निकालेकोले कारबाहीको लागि प्रहरीमा उजुरी हालेको बताइन् । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर राजकुमार शाहीले आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन निर्देशन दिएको बताए । घटनाको अनुसन्धान गरी आरोपितलाई कानुनी कारबाही प्रकृया अगाडि बढाउने इन्सपेक्टर शाहीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis