Incident Reports

आमासँगै छोराछोरीलाई पनि घरनिकाला l

2014-07-31

Madhes, Siraha, Laxmipur Patari

महोत्तरी । ०७१ साउन १५ गते, मझौरा विसनपुर गाविस -७ की ३३ वर्षीया रितादेवी कापडलाई उनका पति ३८ वर्षीय पवन कापड, ससुरा ५८ वर्षीय रजिन्दर कापड र सासू ५५ वर्षीया शैलदेवी कापडले बच्चासहित कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले ०७१ साउन १५ गते जिल्ला प्रहर कार्यालयमा उजुरी दिएकी छन् । पति र सासू, ससुरा मिलेर आफूलाई खानलाउन नदिई, कुटपिट गरी घरनिकाला गरेकाले कारबाहीको माग गर्दै उजुरी दिएको पीडित रिताले बताइन् । तीन बच्चासहित जिल्ला प्रहरी कार्यालयमा न्याय माग्न आएकी पीडितले आफूसँगै यी तीनओटा छोराछोरीकोसमेत बिचल्ली भएको सुनाइन् । आफूलाई पतिसहित सासू, ससुराले अनेकथरी आरोप लगाउने गरेको बताइन् । अर्की पत्नी ल्याउने योजनाले आफूलाई घरनिकाला गरेको सुनाउँदै उनले सधैं कुटपिट सहन नसकेर अति भएपछि न्यायका लागि प्रहरीको शरणमा आएको बताइन् । पीडितको उजुरी आजै दर्ता गरी आरोपितलाई झिकाउन सम्बन्धित प्रहरी चौकीमा सञ्चार पठाएको महिला सेलकी प्रमुख असई रमा थापाले बताइन् । इश्वरी काफ्ले

0 Comments