Incident Reports

रुकुम : राजनीतिक रिसइबी, खानेपानी मुहानकाे विवादलाई लिएर खुकुरी प्रहार हुँदा एक जना घाइते | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

2021-09-29

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ३ स्यालाखदीका २३ वर्षीय कर्णबहादुर बोहरा देवकोटा खुकुरी प्रहारबाट गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पुरानो राजनीतिक रिसइबी, खानेपानी मुहानको पुरानो विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । घाइते बोहरा नेपाली कांग्रेसका कार्यकर्ता हुनुहन्छ भने आक्रमणकारीहरू नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी कपिलजंग शाहीका अनुसार घाइते बोहराको मुख, चिउँडो, टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार भौगोलिक रूपमा विकट र त्यहाँ प्रभावकारी उपचारको व्यवस्था नभएकाले हेलिकप्टरमार्फत थप उपचारका लागि अन्यत्रै लैजाने पहल भइरहेको छ । घटनामा संलग्न हुनेहरूमा त्यहीँ ठाउँका १८ वर्षीय महेन्द्र विक, २४ वर्षीय गोपाल विक, २१ वर्षीय विष्णु कामी, २२ वर्षीय कृष्ण विक रहेको प्रहरीले जनाएको छ । उनीहरू फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाले ठूलो रूप लिने देखिएपछि जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports