Incident Reports

मुख्यमन्त्री राउतको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन | Ratopati

2021-09-30

Madhes, Bara, Kalaiya

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को बदनाम गरेको भन्दै उनको राजीनामा माग गरिएको छ । मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेकाले मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा माग दिनका लागि दबाबस्वरुप विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । बिहीबार कलैयामा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भ्रातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घ बाराले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै प्रदर्शन गरे । विद्यार्थी सङ्घ बाराका अध्यक्ष सन्तोष यादवको अगुवाइमा भएको कलैया नगर प्रदर्शनको क्रममा विद्यार्थीहरूले मुख्यमन्त्रीले राजीनामा दिई अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए । अध्यक्ष सन्तोष यादवले छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा कमिसन, बेटी बचाउ बेटी पढाऊ अभियानमा कमिसन र प्रदेश सरकारले विकास निर्माणको नाममा समेत कमिसन लिने गरेको आरोप लागि रहँदा तत्काल मुख्यमन्त्रीले नैतिकताको आधारमा प्रदेश २ को नाम र नाक जोगाउनका समेत राजीनामा दिई सहयोग गर्नुपर्ने बताए । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments