Incident Reports

पतिको कुटपिटबाट घाइते महिला अस्पताल भर्ना l

2014-07-31

Province 1, Sunsari, Inaruwa

सुनसरी । ०७१ साउन १५ गते, वविया गाविस- ३ की ३५ वर्षीया रोशन खातुनलाई साउन १४ गते राति पति ४० वर्षीय मोहमद सफिकले कुटपिट गरी घाइते बनाएका छन् । पतिको कुटाइबाट गम्भीर घाइते रोशनको सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । टाउकोमा गम्भीर चोट लागेकी रोशनको अस्पतालको लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको संरक्षणमा उपचार भैरहेको केन्द्रकी सुनिता प्रधानले बताइन् । पति सफिकले रक्सी खाएर दिनहुँ आफूलाई कुटपिट गर्ने गरेको र साउन १४ गते राति बाँसले टाउकामा हानेपछि आफु अचेत भएको रोशनले बताइन् । रोशनलाई कुटपिट गर्ने उनका पति विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको रोशनकी दिदी नुरेशा खातुनले बताइन् । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis