Incident Reports

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा एक पक्राउ - No. 1 news Portal of Mid Nepal…

2021-10-02

Gandaki, Parbat, Kushma, Ward 6

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पर्वत : प्रहरीले पर्वतको मोदी गाउँपालिका(५ बस्ने २४ वर्षीय सूर्यबहादुर भण्डारीलाई बिहीबार पक्राउ गरेको हो।१४ वर्षीया किशोरीलाई भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारेको आरोप छ।उनले त्यसरी प्रेम प्रलोभनमा पारेर असोज ६ गते नेपाल(भारत सिमाना जोगबनी पुर्‍याएको भन्ने सूचना प्रहरीले पाएको थियो।त्यसको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले भण्डारीलाई कुश्मा नगरपालिका(६ शिवालय चोकबाट पक्राउ गरेको हो।उनीमाथि मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिएर आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।


0 Comments