Incident Reports

खुकुरी प्रहारबाट रुपन्देहीमा एक जनाको हत्या

2021-10-03

Lumbini, Rupandehi, Sudhdhodhan, Ward 3

तिलोत्तमा — खुकुरी प्रहारबाट रुपन्देहीमा एक जनाको हत्या भएको छ । आइतबार राति शुद्धोधन–३, बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता–३ का अवधेश चमारको सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी हत्या गरेका हन् ।

हत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले बताए । उनका अनुसार मापसे सेवन गरेका मजदुरहरुमा सानो विषयमा भएको खटपटले खुकुरी प्रहारको अवस्था सिर्जना भएको देखिन्छ ।रविले अवधेशलाई खुकुरी हानेपछि उनका पिता गोपिचन्दलाई समेत खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवधेशको बाटोमै मृत्यु भएको र उनका पिता र प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

उक्त घटनाबारे अवधेशका छिमेकी र सँगै काम गर्ने साथीले रवि र आफूहरु बेग्लै ठाउँमा सुत्ने गरेको र आइतबार बेलुका भने सँगै सुत्ने क्रममा अवधेशले नसुतेर किन हल्ला गरेको भनी प्रश्न गर्दा रविले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 1
National/Online Media

0 Comments

Related Reports