Incident Reports

प्रिन्सिपलबाट विद्यार्थीलाई शारीरिक दण्ड l

2014-08-01

Gandaki, Gorkha, Dharche

Narahari Sapkota गोरखा नपा-१० एघार किलोस्थित सेन्ट जोसेफ स्कुल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई प्रिन्सिपल डेनिस डिसुजाले दुई घण्टा घुँडा टेकाएर दण्ड दिएको खुलेको छ । साउन १६ गते बिहान शौचालय गएको समयमा विद्यार्थीले कक्षाकोठाबाट बाहिर निस्कँदा कोठाको पंखा बन्द नगरेको, कोठामा पिउने पानी पोखेको भन्दै प्रिन्सिपल डेनिसले ११ बजेदेखि दुई घण्टा चर्को घाममा घुँडा टेकाएर राखेको एक विद्यार्थीले बताए । कक्षा १० का ४५ जना विद्यार्थीलाई चर्को घाममा बाहिर राखेपछि रिजन पाठक, अभिशेक बराल, प्रचन घले, क्षितिज सिलवाल लगायतका विद्यार्थी बेहोस समेत भएका थिए । सबै विद्यार्थीलाई बाहिर राखेपछि गणित, विज्ञान, नेपाली लगायतका विषयको पढाई अवरुद्ध भएको थियो । क्रिश्चियनहरूको क्याथलिक संस्थाले सञ्चालन गरेको उक्त विद्यालयका प्रिन्सिपल डेनिस डिसुजाले भने पटक-पटक सम्झाउँदा नमानेपछि विद्यार्थीलाई सचेत मात्र गराएको बताए । घटनामा सम्बन्धमा विद्यार्थीहरूले कुनैपनि कानुनी प्रक्रिया अगाडि नबढाएको प्रहरीले जनाएको छ । नरहरि सापकोटा

0 Comments