Incident Reports

मानव बेचविखनको आरोपमा एक गिरफ्तार l

2014-08-02

Province 1, Ilam, Deumai

Kokila Dhakal इलाम । ०७१ साउन १७ गते, १६ वर्षीया एक बालिकालाई विदेशमा रहेका बाबु भेटाइदिने बहानामा ललाईफकाई घरबाट लिएर हिंडेका इलाम जितपुर गाविस-८ का ४५ वर्षीय ललिमान गिरिलाई साउन १७ गते प्रहरीले गिरफ्तार गरेको छ । ती बालिकालाई लिएर भारतर्फजान गाडी रिजर्व गर्न भाडा मिलाउने क्रममा थाहा पाएर इलामको भञ्ज्याङ्गबाट प्रहरीले गिरीलाई गिरफ्तार गरेको हो । गिरफ्तारपछि सोधपुछ गर्दा विदेशमा रहेका बालिकाका बाबुलाई भेटाइ दिने र मोबाइल किनिदिने भन्दै गिरीले फकाएर लिएर हिंडेको खुल्न आएको डिएसपी अनुपम शम्सेर जबराले जानकारी दिए। गिरीविरुद्ध मानव ओसार-पसार गरेको भन्दै कारबाहीको माग गर्दै बालिकाकी आमाले साउन १७ गते उजुरी दिएकी छन् । बालिकालाई अभिभावकको जिम्मा लगाइएको र गिरफ्तार गरिएका गिरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जबराले बताए । कोकिला ढकाल

0 Comments