Incident Reports

माओवादी केन्द्र सुनसरीमा चर्को विवाद : प्रदेश कार्यालय र धरानमा तालाबन्दी | Nagarik News - Nepal Republic Media

2021-10-05

Province 1, Sunsari, Dharan

नेकपा (माओवादी केन्द्र)को सुनसरी जिल्ला समिति र धरान उपमहानगर कमिटीमा सिर्जना भएको गुटको विवाद चर्कदै गएको छ।माओवादी केन्द्रको १ नम्बर प्रदेश समितिको कार्यालयले जिल्ला समन्वय समितिको संयोजकबाट योगेन्द्रप्रसाद मण्डल पप्पुलाई हटाएपछि गुटगत विवाद सतहमा आएको छ। प्रदेश कार्यालयले मण्डललाई जिल्ला सह इञ्चार्ज बनाएर उनको जिम्मेवारी सुरेन्द्र मेहतालाई दिएको छ।

मेहता केही दिनअघि नेकपा एमालेको प्रदेश १ समिति सदस्यमा मनोनित भएका थिए। उनले विज्ञप्ती जारी गर्दै आफु एमालेमा नरहेको प्रष्टीकरण दिएपनि माओवादी नेताहरु नै उनी नेकपा विभाजनपछि रामबहादुर थापा बादलसँगै एमालेमा गएको बताउँछन्। उनलाई जिल्ला संयोजक बनाएकोमा सुनसरीमा माओवादी केन्द्रभित्र तीब्र असन्तुष्टि छ।

प्रदेश समितिले जिल्ला संयोजक मण्डलको जिम्मेवारी हेरफेर गर्दै उनको अध्यक्षतामा असोज ७ गते बसेको बैठकले जिल्ला मातहतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहको पदाधिकारीबारे निर्णय गरी सिफारिश गरेको थियो। उक्त बैठकबारे पार्टीको जिल्ला इञ्चार्ज, सहइञ्चार्जलाई समेत जानकारी दिइएको थिएन। त्यसलगत्तै सुनसरीका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, प्रदेश सदस्यहरुले विज्ञप्ती जारी गर्दै विरोध जनाएका थिए।

असोज १३ गतेको पार्टीको प्रदेश समितिको कार्यालय बैठलले सुनसरी जिल्ला संयोजक मण्डललाई जिम्मेवारीबाट हटाएको थियो भने जिल्ला समितिले धरानको अध्यक्ष बनाएका फोक्वाहाङ सुब्बा चोत्लुङलाई पनि हटाउँदै प्रदेशले सहइञ्चार्ज बनाउने निर्णय गरेको थियो। प्रदेश कार्यालयले धरान इञ्चार्ज अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिएर पठाएको छ भने सचिव सुर्दशन श्रेष्ठले कार्यकारी अध्यक्षको पनि जिम्मेवारी सम्हालिरहेका छन्।

प्रदेश कार्यालयको यो निर्णयपछि सुनसरी जिल्लामा माओवादी पार्टीको गुटबन्दी र विवाद सतहमा मात्र पोखिएको छैन, प्रदेश कार्यालयमा तालाबन्दीसमेत भएको छ। असोज १७ गते आइतबार जिल्ला समन्वय समिति सुनसरीले प्रदेश कार्यालयको निर्णय फिर्ता लिन माग गर्दै प्रदेश कार्यालयमा तालाबन्दी गरेको थियो भने मंगलबार वाईसिएल धरानले पनि गुटबन्दी अन्त्य गर्न माग गर्दै माओवादी केन्द्रको धरान उपमहानगर कमिटी कार्यालयमा तालाबन्दी गरेको छ।

पार्टीभित्र गुट, उपगुटको लडाईले पार्टीलाई क्षति हुने भन्दै गुटबन्दी अन्त्यको माग गर्दै वाइसिएलले ताला लगाएको माओवादी केन्द्र धरानका युवा नेता मिङमा भोटेले बताए। पार्टीका युवा कार्यकर्ताहरुले विवाद अन्त्य गर्न ध्यानाकर्षण गराउँदा पनि नसच्चिएपछि विवाद नमिलेसम्म वाइसिएलले पार्टी कार्यालय बन्द गर्न तालाबन्दी गरेको उनले बताए। माओवादीका नगर सदस्य र वडा नं ३ का सचिवसमेत रहेका भोटेले आइतबार पार्टी विवाद नमिलेसम्मको लागि राजिनामाको घोषणासमेत गरेका थिए।

प्रदेश कार्यालयले जिल्ला संयोजकको जिम्मेवारीबाट हटाएका मण्डल भने आफू संयोजक रहेको कमिटी नै आधिकारिक भएको दाबी गर्छन्। पार्टीले जुनियर व्यक्तिहरुलाई जिल्ला इञ्चार्ज र सहइञ्चार्ज बनाएको कारण जिल्ला समन्वय समितिले बहिष्कार गरेर बैठक राखेको उनको भनाइ छ। ‘जिल्लाको बैठकमा उहाँहरुलाई बहिष्कार गरेको हो, त्यो बैठकले कार्य विभाजन गरेर पठाएका थियौँ, तर प्रदेशले जिल्ला संयोजकबाट मलाई हटाएर सह इञ्चार्ज बनाएको र एमालेमा गएकालाई संयोजक बनाएको कुरा आयो। जो व्यक्ति प्रतिगमनविरुद्ध आन्दोलन गर्दा पनि थिएनन्, उसलाई जिम्मेवारीमा ल्याएपछि त्यसविरुद्ध उभिएका हौ,’ उनले भने।

प्रदेश कार्यालयले ३ दिनको समय दिएर संयोजक मण्डललाई स्पष्टीकरण दिन भनिए पनि अस्वीकार गरेपछि उनलाई संयोजकबाट हटाएको पनि उनले बताए। ‘उहाँले पार्टीले जिम्मेवारी दिएको ईञ्चार्ज, सह इञ्चार्ज कमरेडहरुसँग समन्वय नगरी आफ्नो ढंगले बैठक राखेर एकलौटी निर्णय गर्नुभयो। पार्टीको विधान, प्रक्रिया र परिपत्र बाहिर गएर बैठक बसी निर्णय भएकोले त्यसलाई प्रदेशको कार्यालय बैठकले खारेज गरेको हो,’ बेघाले भने।

   

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments