Binod Pandey
बेलहरी गाविस-८ का २९ वर्षीय दिलिप यादवलाई बालिका बलात्कारको आरोपमा जिल्ला अदालतले साउन १८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
आरोपित यादवले असार १५ गते बालिका एक्लै भएको अवस्थामा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार १६ गते उजुरी दिएको थियो । पीडित बालिकाको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा स्वास्थ्य परीक्षण गरिएको थियो । घटनापछि फरार रहेका अरोपित यादवलाई जिल्ला प्रहरी कार्यालयको टोलीले साउन ५ गते बेलहरी गाविसबाट गिरफ्तार गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
विनोद पाण्डे