Incident Reports

मोरङमा वृद्धामाथि आक्रमण गरी गहना लुटियो – देशसञ्चार

2021-10-07

Province 1, Morang, Pathari Shanishchare

काठमाडौँ– मोरङको पथरी शनिश्चरेमा एक वृद्धामाथि आक्रमण र लुटपाट भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरी शनिश्चरे ३ ढकाल चौक निवासी ७५ वर्षीया हर्कमयात दंगालमाथि बुधबार भौतिक आक्रमण र लुटपाट भएको हो। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पहिचान नखुलेका व्यक्तिले एकजना वृद्धा महिलामाथि मरणासन्न हुने गरी आक्रमण र लुटपाट भएको जानकारी दिए। उनका अनुसार बुधबार स्थानीय र परिवारका सदस्यले निजको घरबाट करिब दुई सय मिटर टाढा अनुहार तथा शरीरबाट रगत बगिरहेको र अचेत भएर लडिरहेको अवस्थामा वृद्धालाई भेटेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धा गाईवस्तुलाई घाँसपानी खुवाउन जाँदा घटना भएको हो। मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठले वृद्धाले लगाएको सुनका गहना फेला नपरेको जानकारी दिए। नाक र कानमा लगाएको करिब एक तोला सुनका गहना नभेटिएका कारण लुटपाटको उद्देश्यले आक्रमण गरिएको हुनसक्ने उनको भनाइ छ। वृद्धाको आँखा, निधार, नाक, मुख, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ। घाइते वृद्धाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार घाइते वृद्धाको टाउकोमा रगत जमेको छ। अनुसन्धानमा जुटेको प्रहरीले घटनामा संलग्नको पहिचान गर्न सकेको छैन।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments