Incident Reports

बलात्कारका आरोपित गिरफ्तार l

2014-08-02

Gandaki, Gorkha, Siranchok

Narahari Sapkota २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हर्मी गाविस-१ बयापानीका ३८ वर्षीय चिनकाजी रसाईलीलाई साउन १९ गते प्रहरीले गिरफ्तार गरेको छ । खेतमा काम गर्न गएका बेला साउन १७ गते आफूलाई जबरजस्ती बलात्कार गरेको भन्दै पीडित महिलाले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले आरोपित रर्साईलीलाई गिरफ्तार गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दीपक श्रेष्ठले बताए । रर्साईली नेकपा-माओवादीका जिल्ला स्तरीय कार्यकर्ता समेत रहेको प्रहरीले बतायो । नरहरि सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis