Incident Reports

सुरक्षा गार्डमाथि गोली प्रहार गरी बैंक लुट्ने ३ पक्राउ- समाचार - कान्तिपुर समाचार

2021-10-11

Province 1, Morang, Dhanpalthan

मोरङ — धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंक शाखामा शुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । तीमध्ये दुई भारतीय नागरिक भएको र एक विराटनगरका बासिन्दा भएको सुरक्षा स्रोतले जनाएको छ । ४/५ जनाको समूह बैंकमा जबर्जस्ती छिर्न खोज्दा रोक्ने क्रममा सुरक्षा गार्डलाई गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड रंगेली नगरपालिका २ का सीतल कुंवर घाइते छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । कुंवरको घाँटीको पछाडि भागबाट गोली लागेको र एक्स–रे गरी हेर्दा शरीरमा गोली नदेखिएकोले गोली निस्केको हुनसक्ने उपचारमा संलग्न चिकित्सकले बताए । लुटेरा समूहलाई सुरक्षा गार्डले रोक्न खोजेपछि लुटेरा समूहले तीन राउण्ड गोली चलाएको स्थानीयको भनाइ छ । लुटेरा समूहले बैंकभित्र प्रवेश गरेर के कति लुटपाट गरे भन्नेबारे अहिले केही खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

बैंक लुटेर भाग्दै गरेकामध्ये तीन जनालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको श्रेष्ठले बताए । नियन्त्रणमा लिने क्रममा पक्राउ परेकामध्ये एक जनाको तिघ्रामा गोली लागेको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको हो । पक्राउ परेकामध्ये दुई जना भारतीय र एक जना विराटनगरवासी भएको सुरक्षा स्रोतले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports