Incident Reports

दसैंको मासु भाग लगाउने क्रममा विवाद, एक युवकको हत्या गरेको अभियोगमा दुई जना पक्राउ « News24 : Premium News Channel

2021-10-12

Bagmati, Sindhuli, Kamalamai, Ward 11

काठमाडौं । नेपाल प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको हत्या गरेको अभियोगमा दुई जनालाई आज मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय मेखबहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

दसैंको फूलपातीका अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा उनीहरुले विक्रमलाई दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको र विक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी सल्यान, बनगार कुपिन्डे नगरपालिका–१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा उनकै बुवा ५६ वर्षीय निमबहादुर कवर मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

निमबहादुरले आफ्नै छोरालाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले निम बहादुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports