Incident Reports

बलात्कारका अरोपित पुर्पक्षका लागि थुनामा l

2014-08-04

Province 1, Jhapa, Damak

Kokila Dhakal इलाम । ०७१ साउन २० गते १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा झापा दमक नपा-१ भाङ्गबारीका ५६ वर्षीय धनबहादुर विकलाई जिल्ला अदालतले साउन १९ गते पुर्पक्ष लागि थुनामा राख्ने आदेश दिएको छ । उनलाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको थियो । असार १८ गते आफन्तका घर इलाम गएका विकले नाताले छोरी पर्ने बालिकाहरूलाई पीडितकै घरमा राति बलात्कार गरेका थिए । बालिकाका अभिभावकले आरोपित धनबहादुर विरुद्ध कारबाहीको माग गर्दै असार २५ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएका थिए । अदालतको आदेशपछि विकलाई जिल्ला कारगार चलान गरिएको इन्स्पेक्टर कविन्द्र कार्कीले बताए । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis