Incident Reports

बलात्कार आरोपित प्रहरी जवान पुर्पक्ष लागि थुनामा l

2014-08-04

Madhes, Saptari, Dakneshwori

Sabitri Sapkota चितवन । ०७१ साउन २० गते १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा साउन १९ गते सिन्धुपाल्चोक जिल्ला काभे्र गाविस-५ समिलपाल घर भई हाल कविलास गाविस-१ स्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २९ वर्षीय बेलबहादुर गिरीलाई चितवन जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालतका न्यायधिश विनोद मोहन आचार्यको एकल इजलासले बेलबहादुरलाई पुर्पक्ष लागि थुनामा राख्ने आदेश गरेको अदालतका डिठ्ठा बासुदेब भट्टराइले बताए । सरकार पक्ष रहेको सो मुद्दामा जिल्ला न्यायधिवक्ता एकनारायण लम्सालले बहस गरेका थिए । आरोपित गिरीले असार २२ गते पीडितलाई फोन गरी ललाइफकाई बोलाएर कविलास गाविस-१ स्थित तरकारी बारीमा लगी जबरजस्ती बलात्कार गरेको पीडितले बताइन् । पीडित सुस्तमनस्थितिको भएको उजुरीमा उल्लेख गरिएको छ । दोषीलाई कानुनी कारबाहीको माग गर्दै पीडित पक्षले असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । पीडितको असार २३ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । आरोपितलाई घटना भएकै दिन स्थानीयले प्रहरी चौकी जुगेडीमार्फ जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis