Incident Reports

पतिले कुटपिट गरेको भन्दै उजुरी l

2014-08-05

Province 1, Sunsari, Dharan

Shekhar Dhakal सुनसरी । ०७१ साउन २० गते धरान नपा - ११ की ३० वर्षीया शर्मिला राईले अप्राकृतिक यौन सर्म्पर्क गर्न खोज्दा नमानेकाले पति ३९ वर्षीय कुमार राईले आफुलाई कुटपिट गरेको भन्दै साउन १८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी छन् । पति कुमारले आफुलाई पटक पटक कुटपिट गर्ने गरेको र साउन ५ गते अप्राकृतिक यौन सर्म्पर्क गर्न खोजेको र नमान्दा आफुलाई कुटपिट गरेको पीडितले जाहेरीमा जनाएको इलाका प्रहरी कार्यलय धरानका डिएसपी संजयसिंह थापाले बताए । पतिको कुटपिटबाट शर्मिलाको शरीरमा निलडाम भएकाले उनको घाउ जाँच गराइएको र आरोपित फरार रहेकाले खोजी भइरहेको डिएसपी थापाले बताए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis