Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-08-04

Lumbini, Banke, Janki

Binod Pandey बाँके । ०७१ साउन १९ गते बेलहरी गाविस-८ का २९ वर्षीय दिलिप यादवलाई बालिका बलात्कारको आरोपमा जिल्ला अदालतले साउन १८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आरोपित यादवले असार १५ गते बालिका एक्लै भएको अवस्थामा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार १६ गते उजुरी दिएको थियो । पीडित बालिकाको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा स्वास्थ्य परीक्षण गरिएको थियो । घटनापछि फरार रहेका अरोपित यादवलाई जिल्ला प्रहरी कार्यालयको टोलीले साउन ५ गते बेलहरी गाविसबाट गिरफ्तार गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis