Incident Reports

श्रीमती र छोरीको टोकेर हत्या | Nagarik News - Nepal Republic Media

2021-10-25

Province 1, Ilam, Deumai, Ward 5

इलामको देउमाई नगरपालिकामा एक व्यक्तिले गएराति आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्।देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

आफू धामी भएको भन्दै चिन्ता बस्नेक्रममा पत्नी र छोरीको टोकेर हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।‘अन्धविश्वासका कारण कमलले श्रीमती र छोरीको हत्या गरेको देखिन्छ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’घटनाबारे आज (मंगलबार) बिहानमात्र थाहा भएको र कमललाई प्रहरीले नियन्त्रणमा लिएको एसपी श्रेष्ठले जानकारी दिए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 2
Youth Killed 1
National/Online Media

0 Comments