Incident Reports

बलात्कार प्रयासको उजुरी प्रहरीले दर्ता नगरेको गुनासो l

2014-08-06

Madhes, Saptari, Shambhunath

Manohar Kumar Pokharel सप्तरी । ०७१ साउन २१ गते एक १९ वर्षीया किशोरीलाई नकटी रायपुर गाविस-८ का २१ वर्षीय दिपककुमार साहले बलात्कार प्रयास गरेको घटनाको उजुरी प्रहरीले दर्ता गर्न नमानेको भन्दै पीडितले साउन २१ गते गुनासो गरेकी छन् । जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध साउन २१ गते दिएको उजुरी ढिलो ल्याएको भन्दै डीएसपी केदार ढकालले दर्ता नगरी हप्काएर पठाएको पीडित र पीडितका बुवाले साउन २१ गते जिल्ला प्रहरी कार्यालय अगाडि इन्सेक प्रतिनिधीलाई भेटेर गुनासो गरेका छन् । भैसी चराएर शम्भुनाथ गाविस-२ खैरबोनाबाट घर फर्किरहेकी पीडितलाई आरोपितले साउन १६ गते साँझ एक्लै देखेर बलात्कार प्रयास गरेको पीडितको आरोप छ । पीडितले होहल्ला गरेपछि सोही बाटो भएर गइरहेका शम्भुनाथ नपा-१ का भागवत साहलगायकाले जोगाएको पीडितले बताइन् । अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अञ्चल अस्पताल राजविराजमा उपचार गराई पीडित हाल सेफ हाउसमा आश्रय लिएर बसेकी छन् । पीडित परिवारले आरोपितलाई कारबाही र पीडितलाई न्याय दिलाउनको लागि महिला अधिकार आयोग, इन्सेक, महिला तथा बालबालिका कार्यालय र सञ्चारकर्मीहरुसँग सहयोगको आग्रह गरेका छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis