Incident Reports

सात महिने छोरा र पत्नीलाई खुकुरी प्रहार l

2014-08-05

Madhes, Bara, Prasauni

Laxmi Shah Sonar बारा । ०७१ साउन २१ गते प्रसौना गाविस-९ का २५ वर्षीय सोहन महतो कुसवाहाले २३ वर्षीया पत्नीसहित ७ महिने छोरालाई साउन २० गते साँझ धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । घरमा छोरालाई काखमा लिएर बसिरहेकी पत्नी रम्भादेवी कुसवाहालाई घा“टी तथा कन्चट र छोरा रितेशकुमारको दाहिने पाखुरामा खुकुरी प्रहार गरी हत्या प्रयास गरेको डीएसपी रविन्द्र रेग्मीले बताए । आरोपितलाई जिल्ल्ाा प्रहरी कार्यालय कलैयाको हिरासतमा राखी अनुसन्धान भइरहेको डीएसपी रेग्मीले जानकारी दिए । स्थानीयको सहयोगमा सोही दिन आरोपित सोहनलाई नियन्त्रणमा लिइएको डीएसपी रेग्मीले बताए । घाइते दुवै जनाको कलैया अस्पतालमा उपचार हुन नसकी वीरगंजस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । घरमा कोही नभएको मौका छोपेर दाजुले खुकुरी प्रहार गरेको सोहनका भाई वीरेन्द्र महतोले बताए । भाउजू रोइकराई गरेपछि स्थानीयले उद्धार गरेको उनले बताए । सोहनको एक मात्र छोरा छन् । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis