Incident Reports

बालिका बलात्कार आरोपित गिरफ्तार l

2014-08-06

Madhes, Bara, Nijgadh

Laxmi Sah Sonar बालिका बलात्कार आरोपित गिरफ्तार बारा । ०७१ साउन २१ गते १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नपा-१ का ४५ वर्षीय देवानसिं स्याङ्तानलाई साउन २१ गते प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको छ । निजगर्ढ इलाका प्रहरी कार्यालय निजगढका सई भरत दुराका अनुसार आरोपित स्याङतानले साउन ४ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारबाट साउन २० गते आएको उजुरीको आधारमा गिरफ्तार गरी मुद्दा चलाइएको हो । बलात्कार घटनालाई स्थानीय गाउँलेले गाउँमै मिलाउने प्रयास गर्दा घटना समयमा सार्वजनिक हुन नसकेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २१ गते वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भएको प्रहरीले जनाएको छ । गुम्बाका पुजारीसमेत रहेका आरोपित स्याङ्तानले ती बालिकालाई गुम्बामा साँझ आएपछि बलात्कार गरेको पीडितको आरोप छ । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis