Incident Reports

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण विधेयक पारित l

2014-08-06

Bagmati, Kathmandu, Kathmandu

Ramesh Prasad Timalsina व्यवस्थापिका-संसद्को साउन २१ गते बसेको बैठकले 'कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) विधेयक, २०७१ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ महिला, बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले सो प्रस्तावलाई बैठकमा प्रस्तुत गरेपछि बैठकले सर्वसम्मतिले पारित गरेको हो । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले छलफलमा सभासद्हरूले राखेका प्रश्नको जवाफ दिँदै यौनजन्य दुर्व्यवहार निवारणका लागि विधेयक ल्याइएको बताइन् । उनले महिला हिंसा अन्त्य गर्न पाठ्यपुस्तकमा नै समावेश गर्न पहल भइरहेको समेत जानकारी दिइन् । यसैगरी, बैठकले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७१ र केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयक २०७१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त प्रस्ताव कानून, न्याय, संविधान तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले प्रस्तुत गरेका थिए । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis