Incident Reports

दाङमा युवकको हत्या, अर्का एक गम्भीर घाइते :: नारायण खड्का :: Setopati

2021-11-06

Lumbini, Dang, Tulsipur, Ward 4

दाङको तुलसीपुरमा एक युवकको हत्या भएको छ। अर्का एक जना गम्भीर घाइते छन्।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँवस्तीका २१ वर्षीय टोपबहादुर पुनको हत्या भएको छ। बिहान ३ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। लाठी र धारिलो हतियार प्रहारबाट उनको साथमा रहेका सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ का १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

उनलाई थप उपचारका लागि बाँके लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लगिएको छ। उनीहरुमाथि तुलसीपुर ४ कै २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको आरोप छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले आरोपित सबै फरार रहेको र उनीहरुको खोजी भइरहेको बताए। ‘शरीरका विभिन्न भागमा काटेको घाउ देखिएको छ,’ उनले भने। पुरानो रिसिबीका कारण ती युवाहरूको समूहले पुनको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। हत्या गरिएका मगर र गिरी नाताले दाजु भाइ पर्छन्। उनीहरु दुबै कात्तिक ११ गते धरौटीका रिहा भएका थिए। उनीहरुमाथि डाँका मुद्दा थियो। मगर १५ हजार धरौटीमा र गिरी नाबालक नै रहेको हुँदा अदालतको आदेशले साधारण तारेखमा छुटेका थिए। प्रहरी उपरीक्षक काफ्लेका अनुसार उनीहरुमाथि एक शिक्षकलाई कुटपिट गरेर दाँत भाँचिदिएको एउटा र अर्कौ भैंसी चोरेको अभियोगमा पक्राउ परेका थिए। कुटपिट र हत्यामा सम्लग्न आरोपित तीन जना र हत्या गरिएका तथा घाइते एक जनाका बीचमा पुरानो रिसिबी थियो। तर पछिल्लो समय उनीहरुका बीचमा सामान्य बोलचाल हुन थालेको थियो। तिहारको दिन राति साढे ९ बजेतिर सँगै घरमा बसेका मगर र गिरीलाई कसैले फोन गरेर बोलाएपछि उनीहरु घरबाट एकै छिनमा आउँछौंभनेर निस्किए। जंगल नजिकै एकान्त स्थानमा गएर आरोपित तीन जना र हत्या गरिएका मगर र गिरी सबैले मिलेर मदिरा सबेन गरेका थिए। त्यही क्रममा पुरानो रिसिबी कुरा झिकेर तीन जना मिलेर योजनाबद्ध रुपमा दुई जनामाथि लाठी तथा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन आएको प्रनाउ अर्यालले बताए। ‘घटनास्थल जंगल नजिक छ। त्यहाँ नजिकै एउटा घर मात्रै रहेछ,’ अर्यालले भने, ‘हामीलाई आज बिहान साढे दुई बजे मात्रै खबर भयो। उद्धार गरी अस्पताल पुर्‍याउँदा तीन बजेको थियो। घाइते मध्य एक जनालाई तत्काल चिकित्कसले मृत घोषणा गरे।’ स्थानीय पसलमा खाने कुरा किनेर पाँच जना सँगै जंगल नजिक एकान्त स्थलमा मदिरा सेवन गर्न गएको र त्यही क्रममा तीन जना मिलेर दुईजना माथि लाठि तथा धारिलो हतियारले आक्रमण गरेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Total Injured 1
National/Online Media

0 Comments

Related Reports