Incident Reports

सर्वोच्चको आदेशमा पत्रकार डेकेन्द्र हत्याका दुई अभियुक्त थुनामुक्त l

2014-08-07

Yaggya Raj Thapa दैलेख । ०७१ साउन २२ गते पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोपमा थुनामा परेका माओवादी कार्यकर्ता जयबहादुर शाही र हरिलाल पुन साउन २२ गते थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले साउन २१ गते हत्या अभियोगमा थुनामा परेका पाँच जनामध्ये दुईजनालाई प्राप्त प्रमाणको आधारमा दोषी पुष्टि हुन नसकेको भन्दै छाड्ने आदेश दिए अनुसार थुनामुक्त गरिएको जेलर जितबहादुर थापाले जानकारी दिए । थुनामुक्त भएका जयबहादुर नेकपा-माओवादीका भेरीकर्णाली राज्य समिति सदस्य र हरिलाल पुन जिल्ला कमिटीका सदस्य हुन् । पत्रकार थापाका हत्याका ५ जना अभियुक्तलाई जिल्ला अदालत दैलेखले ०६९ माघ १९ गते तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएकाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । पुर्पक्षका लागि थुनामा परेका अभियुक्तहरुले जिल्ला अदालतको आदेश रीतपूर्वक नभएको भन्दै बदर गरीपाउँ भनी पुनरावेदन अदालत सुर्खेतमा निवेदन दिए पनि पुनरावेदनले पनि जिल्ला अदालतको आदेश सदर गरिदिएपछि उनीहरूले ०७० पुस २८ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यज्ञराज थापा

0 Comments

Related Reports
Related Trend Analysis