Incident Reports

हेलम्बुमा पसलेको हत्या गरेर भागेका २ जना काठमाडौँबाट पक्राउ | Ratopati

2021-11-04

Bagmati, Sindhupalchok, Helambu, Ward 1

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित खार्चुङमा किराना पसल चलाउँदै आएका ७३ वर्षीय केर्साङ्ग लामाको हत्या भयो । कार्तिक १८ मा राति केर्साङ्गको हत्यापछि आरोपीहरूले नगद लुटेर भागेका थिए । हत्या गरेर भागेका दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । केर्साङ्ग लामाको हत्यामा संलग्न दुई जनालाई काठमाडौँको नागढुंगा र माकलबारीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा हेलम्बु गाउँपालिका–१ सिन्दृघ्याङ घर भएका १९ वर्षीय तेन्जिङ लामा ‘हेल्मु’ र वर्ष ३० का दावा दोर्जे लामा छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र सिन्धुपाल्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेर सिन्धुपाल्चोक लगेको छ । आरोपीहरूलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले रातोपाटीलाई बताए । तेन्जिङ लामा (हेल्मु) काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीबाट पक्राउ परेका हुन् । दावा दोर्जे लामालाई नागढुंगा चेकपोष्टबाट पक्राउ गरिएको एसपी बस्नेतले बताए । टाउकोमा हिर्काएर केर्साङ्गको हत्या गरेर अरोपीहरूले १ लाख ५० हजार नगद, रिचार्ज कार्ड र थाङ्का लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । केर्साङ्गको शव पोस्टमार्टमका लागी भक्तपुर अस्पतालमा राखिएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments