Incident Reports

सिन्धुली कमलामाइको बाल उद्यानमा ताला - वाग्मती - कान्तिपुर समाचार

2021-11-09

Bagmati, Sindhuli, Kamalamai

सिन्धुली — सर्वदलीय सहमतिबिनै कमलामाइ नगरपालिकाले सालिक अनावरण गर्न खोजेको भन्दै सत्तारुढ गठबन्धनले लोकतान्त्रिक चोकमा रहेको बालउद्यानमा तालाबन्दी गरेको छ । बालउद्यन पार्कमा राखिएको बीपी र पुष्पलालको सालिक अनावरण एमाले महासचिव ईश्वर पोखरेलबाट बुधबार गर्ने तयारी कमलामाइ नगरपालिकाको छ ।

संघीय तथा प्रदेश सरकारलाई उपेक्षा गर्दै पोखरेललाई ल्याएर पार्टीकरण गरेकोले पार्कको मुलगेटमा तालाबन्दी गरेर कालो झन्डा राखिएको गठबन्धनले जनाएको छ । सिन्धुलीगढी विजयोत्सव र सालिक अनावरणको कार्यक्रम कमलामाइ नगरपालिकाले तय गरेपछि कांग्रेस र माओवादी केन्द्रका वडाध्यक्षहरुले कमलामाइ नगर कार्यपालिकाको बैठकसमेत बहिष्कार गरेका छन् । कमलामाइ नगरपालिकामा मेयर, उपमेयरसहित एमालेको एकल बहुमत छ । पार्कमा तालाबन्दीसँगै गठबन्धन दलले जारी गरेको विज्ञप्तिमा प्रत्येक वर्ष मनाउँदै आएको विजयोत्सवलाई पार्टीकरण गर्दै दूषित मनसायले एकलौटी गर्दै सालिक अनावरण गर्न खोजेकाले विरोधस्वरुप तालाबन्दी गर्दै निर्णय नसच्याए कार्यक्रम बहिष्कार गर्ने जनाइएको छ ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीद्वारा जारी विज्ञप्तिमा सबैलाई अपनत्व हुने गरी विजयोत्सव मनाउने र सालिक अनावरण गरे सहयोग गर्न तयार रहेको जनाइएको छ । गठबन्धन दलले प्रजिअ रमेश न्यौपानेलाई समेत भेटेर कार्यक्रम रोक्न अनुरोध गरेका छन् ।

कमलामाइ नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले पूर्वउपप्रधान तथा रक्षामन्त्री रहेका पोखरेलले सिन्धुलीगढीमा रहेको युद्ध संग्राहलयको शिलान्यास गरेकाले विजयोत्सवमा प्रमुख अतिथि बनाएर बोलाएको भन्दै विरोधका लागि विरोध नगर्न गठबन्धन दलहरुलाई अनुरोध गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party , CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments