Incident Reports

बालकको शंकास्पद मृत्यु, हत्या भएको परिवारको आशंका – Online Khabar

2021-11-08

Province 1, Morang, Budhiganga, Ward 5

२९ कात्तिक, विराटनगर । गत कात्तिक २२ गते दिउँसो बुढीगंगा गाउँपालिका–५ लिची बगैंचा टोलका १४ वर्षीय निश्चल रायको शव तीन दिनपछि एक किलोमिटर टाढा सिंघिया खोलामा भेटियो ।

बुबा उपेन्द्रका अनुसार खोलामा शव भेटिएपनि निश्चलको मृत्यु पानीमा डुबेर भएको जस्तो देखिदैन । घाँटी भाँचिएको, तिघ्रामा डोरीले बाँधेको डाम देखिएको, छातीमा जुत्ताको डामदेखिएको उनको भनाइ छ । ‘मेरो छोराको अपहरणपछि हत्या भएको हो,’ उनले भने, ‘छोरो हराएकै दिन प्रहरीलाई खबर गरेको थिएँ, प्रहरीले बेलैमा सक्रियता देखाएको भए मेरो छोरो बाँच्थ्यो होला ।’

उपेन्द्रले घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरे । ‘मेरो छोराको हत्या भएको हो । तर, पौडी खेल्दा डुबेर मत्यु भएको पार्न खोजिदैछ’, माओवादी केन्द्रका नेतासमेत रहेका रायले भने, ‘घटनाको निश्पक्ष छानविन हुनुपर्छ ।

उपेन्द्र माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर संगठनका नेता हुन् । उनले राजनीतिक प्रतिशोध र पारिवारिक रिसइवीका कारणले आफ्नो छोराको हत्या भएको हुनसक्ने बताए । प्रहरीले सूचना पाएपछि पनि खोजीमा चासो नदेखाएको उनले आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताउँदै उनले पोष्टमार्टम रिपोर्टपछि थप विषय खुल्ने बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments