Incident Reports

इलाममा भाइले गरे दाजुको हत्या | Nagarik News - Nepal Republic Media

2021-11-15

Province 1, Ilam, Sandakpur, Ward 1

इलामको सन्दकपुर गाउँपालिका–१, चाँपगैरीमा भाइले दाजुुको हत्या गरेका छन्। स्थानीय ३० वर्षे चक्र मुखियाले दाजुु ३५ वर्षे इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

आज (सोमबार) साँझ करिब ६ः४० बजेतिर आफ्नै काका मानबहादुर मुखियाको घरमा सबैजना मादक पदार्थ पिएर बसिरहेका बेला साामन्य वादविवाद भएको थियो। त्यही क्रममा चक्रले चक्कु प्रहार गर्दा इन्छाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।

भाइको चक्कु प्रहारबाट गम्भीर घाइते इच्छाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि देउरालीस्थित बन्दुके प्रहरी चौकी, बिब्ल्याँटे अस्थायी प्रहरी पोस्ट र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको छ।

चक्कुु प्रहार गर्ने चक्रलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports