Incident Reports

बलात्कार गरेको आरोपमा पीडितद्वारा प्रहरीमा उजुरी l

2014-08-05

Province 1, Dhankuta, Chhathar

Santosh Ruchal एक १८ वर्षीया युवतीलाई साउन २० गते बलात्कार गरेको आरोपमा पीडितले तेलिया गाविस-४ का १७ वर्षीय बालकविरुद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । घरबाट आफन्तको घरतर्फजाने क्रममा तेलिया-१ मा साउन २० गते साँझ बाटो छेकेर आफूलाई बलात्कार गरेको पीडितले प्रहरीमा उजुरी दिएको उजुरीमा उल्लेख छ । आज ढिलो गरी उजुरी प्राप्त भएको बताउँदै जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शेषराज थान्दारले आवश्यक अनुसन्धानपछि आरोपित विरुद्ध भोलि मुद्दा दायर गरिने बताए । आरोपितलाई साउन २३ गते पीडितको मौखिक उजुरीको आधारमा घरैबाट गिरफ्तार गरेको थियो । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis