Incident Reports

धादिङमा एमसिसीविरुद्ध जुलुस र सभा | Nagarik News - Nepal Republic Media

2021-11-17

Bagmati, Dhading, Nilakantha

एमसिसी सम्झौताको विरोधमा धादिङमा विरोधसभा भएको छ। एमसिसी सम्झौता विरुद्ध देशव्यापी जनजागरण अभियानमा लागेको नेपाल मजदुर किसान पार्टीले धादिङको सदरमुकाम धादिङवेसीमा सभा गरेको हो।सभाअघि बजारमा जुलुस समेत गरेको थियो। जुलसमा सहभागीहरुले एमसिसी देशघाती सम्झौता भएकाले सम्झौता खारेजीको माग गरेका थिए।जुलुसपछि भएको सभालाई पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईँले सम्बोधन गरेका थिए। सो क्रममा उनले एमसिसी सम्झौताले देशको हित नगर्ने भएकाले सोको विरोधमा पार्टी र देशभक्त नागरिकले संघर्ष गरिरहेको बताए।

‘युद्ध नचाहने, शान्ति चाहनेले एमसिसीको विरोध गर्नुपर्छ’, उनले भने, ‘एमसिसी लागू भए हाम्रो देश अर्को छिमेकी देश चीनविरुद्ध प्रयोग हुने सम्भावना ज्यादा छ।’ उनले पार्टीले ठाउँठाउँमा गरिरहेको विरोधका कारण पनि एमसिसी पारित हुन नसकेको बताउँदै विरोधलाई निरन्तर रुपमा अघि बढाइरहनुपर्नेमा जोड दिए।सभामा नेक्राविसंघका केन्द्रीय सहसंयोजक सुरेश परियारले एमसिसीले कुनै पनि नागरिकको भलो नगर्ने भएकाले समय छँदै सो सम्झौताविरुद्ध संघर्ष गर्नुपर्ने बताए भने नेक्रायुसंघ भक्तपुरका अध्यक्ष मीनबहादुर बाटाले धादिङबेसीका जनतालाई एमसिसीविरोधी देशव्यापी संघर्षमा होमिन आह्वान गरे।

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Nepal Workers and Peasants Party (NWPP)
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments