Incident Reports

रुपन्देहीमा मतगणनाको क्रममा दुईपक्षबीच झडप, पाँच घाइते – देशसञ्चार

2021-11-19

Lumbini, Rupandehi, Siddharthanagar

बुटवल – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनको मतगणनाका क्रममा रूपन्देहीमा दुई पक्षबीच झडप भएको छ। झडपमा पाँच जना घाइते भएका छन्।प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणनास्थलमा दुई पक्षका कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। मतपरिणाम आउने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि युवाको समूहले अचानक आक्रमण गरेको थियो। आक्रमणमा पौडेल पक्षका क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाइते भएका छन्।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पुरण श्रेष्ठले जानकारी दिए। चुनाव हार्ने निश्चित भएपछि एक समूह मतगणनास्थलमा प्रवेश गरी जेनेरेटर बन्द गराएर आक्रमण सुरु गरेको उनले बताए।आक्रमणपछि मतगणना स्थगित भएको छ। रूपन्देहीका सबै प्रदेश निर्वाचन क्षेत्रको निर्वाचनमा सभापति शेरबहादुर देउवा र पौडेल पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 5
Female Injured n/a
Youth Injured 5
National/Online Media

0 Comments